कतारमा हुने फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको छ।
अर्जेन्टिनालाई जित दिलाउने क्रममा एन्जेल डि मारियाले निर्णायक गोल गरे।
खेलको सातौं मिनेटमा नै मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। खेलमा दुवै तर्फबाट थप गोल हुन सकेन। यससँगै अर्जेन्टिनाले महत्वपूर्ण तीन अंक हात पारेको छ।
१० मुलुक सम्मिलित दक्षिण अमेरिकी छनोटमा १२ खेलबाट २८ अंक हात पार्दै अर्जेन्टिना दोस्रो स्थानमा छ।
ब्राजिल यसअघि नै विश्वकपको लागि छनोट भइसकेको छ। यसबाट चार टोली विश्वकपको लागि सोझै छनोट हुनेछन् भने पाँचौं स्थानमा रहने मुलुकले भने छनाेटको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ।
138
Shares

प्रतिक्रिया