फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत शुक्रबार भएको खेलमा इंगल्याण्डले अल्बानियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
इंगल्याण्डलाई जित दिलाउने क्रममा ह्यारी केनले ह्याट्रिक गरे। केनले खेलको १८ औं, ३३ औं र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
पहिलो हाफमा नै ५–० ले अग्रता लिएको इंगल्याण्डले दोस्रो हाफमा भने गोल गर्न सकेन।
यससँगै युरोपेली छनोटको समूह आईमा रहेको इंगल्याण्डले नौ खेलबाट २३ अंक जोडेको छ।
अब विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाउँन उसले समूहको अन्तिम खेलमा सान मारिनोसँग बराबरीको नतिजा हात पार्नु पनि पर्याप्त हुनेछ।
समूहको दोस्रो स्थानमा रहेको पोल्याण्डले समान नौ खेलबाट २० अंक हात पारेको छ।
87
Shares

प्रतिक्रिया