फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत बिहीबार भएको समूह जेको खेलमा जर्मनीले लिचेन्टाइनमाथि ९–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
लिचेन्स्टाइन खेलको नवौं मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो। टोलीका जेन्स होफर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिचेन्स्टाइन १० खेलाडीमा सीमित भएको थियो।
जर्मनीलाई ठूलो जित दिलाउने क्रममा थोमस मुलर र लेरोय सानेले २/२ गोल गरेका थिए। जर्मनीका नयाँ प्रशिक्षक हान्सी फ्लिक आएपछि यो टोलीले लगातार ६ खेल जितेको छ।
समूह जेको शीर्षस्थानमा रहेको जर्मनीले ९ खेलबाट २४ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको नर्थ म्यासिडोनाको समान खेलबाट १५ अंक छ।
57
Shares

प्रतिक्रिया