फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत समूह एको खेलमा पोर्चुअल रिपब्लिक आयरल्याण्डसँग बराबरीमा रोकिएको छ।
पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेको आयरल्याण्डले बिहीबारको खेलमा फुटबर स्टार क्रिस्टियानो रोनाल्डोको टोलीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो।
पोर्चुगलका पेपे खेलको ८१ औं मिनेटमा दोहोरो पँहेलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो।
बराबरीसँगै समूह एमा पोर्चुगलले ७ खेलबाट १७ अंक हात पारेको छ। पोर्चुगल समूहको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको सर्बियाको पनि समान खेलबाट समान अंक छ। अब दुवै टोलीले १/१ खेल खेल्न बाँकी छ।
69
Shares

प्रतिक्रिया