फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको खेलमा बिहीबार रुस र क्रोएसियाले फराकिलो जित हात पारेका छन्।
समूह एचको खेलमा क्रोएसियाले माल्टालाई ७–१ गोल अन्तरले हराएको हो भने रुसले साइप्रसमाथि ६–० को जित हात पारेको छ।
आइतबार यो समूहको फाइनल खेलमा क्रोएसिया र रुसबीच प्रतिस्पर्धा हुनेछ। यो खेल जित्ने टोली स्वतः विश्वकपको लागि छनोट हुनेछ।
समूह एचमा नौ खेलबाट रुसले २२ अंक हात पारेको छ भने समान खेलबाट क्रोएसियाले २० अंक हात पारेको छ। समूह विजेता टोली विश्वकपको लागि छनोट हुनेछ भने उपविजेताले प्ले अफमा स्थान बनाउनेछ।
51
Shares

प्रतिक्रिया