खेल


पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा

नेपालखबर
कात्तिक २६, २०७८ शुक्रबार ५:१२, काठमाडौँ

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया आईसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। 

नेपाली समयानुसार बिहीबार राति यूएईको दुबईस्थित रंगशालामा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया दोस्रोपटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो। 

अब उपाधिका लागि अस्ट्रेलिया आइतबार न्युजिल्यान्डसँग भिड्नेछ।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले अस्ट्रेलियालाई १ सय ७७ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा भेट्टाएको हो।

१९औं ओभरको तेस्रो बलमा जीवनदान पाएसँगै म्याथ्यु वेडले लगातार ३ छक्का हाने। जसले खेल अस्ट्रेलियाको पोल्टामा पार्यो।

सुरुमा अस्ट्रेलियाले राम्रो खेल्न सकेको थिएन। एरोन फिन्च खाता नखोली पेभेलियन फर्किएका थिए।

१२.२ ओभरमा अस्ट्रेलियाले ५ विकेट गुमाएर ९६ स्कोर बनाएको थियो। यसबेला खेल पाकिस्तानको पक्षमा गएको जस्तो भएको थियो।

तर अस्ट्रेलियका वेडले १७ बलमा ४१ तथा स्टोइनिसले ३१ बलमा ४० रन जाेड्दै खेल आफ्नो टोलीतर्फ फर्काए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad