खेल


पाकिस्तान भर्सेस अष्ट्रेलिया : कसले मार्ला बाजी?

पाकिस्तान भर्सेस अष्ट्रेलिया : कसले मार्ला बाजी?

नेपालखबर
कात्तिक २५, २०७८ बिहिबार १८:२१, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ। यूएईको दुबईस्थित रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे यी दुई टोलीको खेल सुरु हुनेछ।

सुपर १२ को समूह बीको विजेताको रुपमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह एको उपविजेताको रुपमा अष्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। 

समूहचरणको खेलमा अष्ट्रेलिया इंगल्याण्डसँग पराजित भएको थियो भने अन्य चार खेलमा जित हात पारेको थियो। तर, पाकिस्तानले कुनै पनि खेल हारेको छैन। यस्तोमा बिहीबार हुने खेल रोमाञ्चक हुन सक्ने अपेक्षा छ। 

अहिलेसम्म सबै खेल जितेको पाकिस्तान पूर्ण आत्मविश्वाससको साथमा मैदानमा उत्रिनेछ। पाकिस्तानका ओपनर र मध्यक्रमको ब्याटिङ अर्डर राम्रो देखिएको छ। पाकिस्तानको बलिङ आक्रमण पनि राम्रो देखिएको छ।

अष्ट्रेलियाले पनि पछिल्ला खेलमा ब्याटिङ तथा बलिङ दुवैतर्फ राम्रो प्रदर्शन गरेको छ। यद्यपि इतिहास हेर्ने हो भने टी–२० खेलमा अष्ट्रेलियाले सुखद् नतिजा निकाल्न सकेको छैन।

पाँच पटक एकदिवसीय जितेको भएको पनि अहिलेसम्म उसले टी–२० विश्वकपको उपाधि भने जित्न सकेको छैन। सन् २०१० मा भएको अष्ट्रेलिया टी–२० विश्वकपको उपविजेता भएको थियो। तर, पाकिस्तानले एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ। 

यी दुवै टोलीका प्रशिक्षक अष्ट्रेलियाकै पूर्व क्रिकेटर छन्। अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लान्गर छन् भने म्याथ्यु हेडन पाकिस्तानको ब्याटिङ प्रशिक्षक छन्।

‘मैले अष्ट्रेलियाको टोलीबाट दुई दशकसम्म खेलेको छु, त्यसैले मलाई यो टोलीका खेलाडी र त्यहाँको क्रिकेट संस्कारबारे राम्रो ज्ञान र हामीलाई यसको फाइदा हुन सक्छ’, हेडनले भने। 

अष्ट्रेलिया पहिलोपटक सन् २०१० मा टी–२० विश्वकपको फाइनलमा पुग्दा उसले सेमिफाइनलमा पाकिस्तानलाई पाखा लगाएको थियो। सोही लयलाई उसले बिहीबारको खेलमा कायम राख्न सक्छ तर सन् २०१० को तुलनामा अहिलेको पाकिस्तानको टोली निकै राम्रो रहेको क्रिकेटका जानकारहरु बताउँछन्। 

लामो समयदेखि पाकिस्तानले आफ्नो होम खेलहरु यूएईमा खेलेको कारण उसको लागि दुबईको मैदान घरेलु मैदानजस्तै हुनेछ। यसको फाइदा पाकिस्तानले लिन सक्छ। 

जारी विश्वकप अन्तर्गत दुबईको मैदानमा खेलिएको ११ खेलमध्ये १० ओटा खेलमा लक्ष्य पछ्याउने टोलीले जितेको छ। त्यसैले बिहीबारको खेलमा पनि टस जित्नु महत्वपूर्ण हुन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad