खेल


सन्दीपसँगै सोमपाल पनि क्यानडाको क्रिकेट लिग खेल्ने

सन्दीपसँगै सोमपाल पनि क्यानडाको क्रिकेट लिग खेल्ने

नेपालखबर
असार ६, २०७६ शुक्रबार २:४१,

सन्दीप लामिछानेसँगै सोमपाल कामीले पनि क्यानडाको ग्लोबल टि-२० क्रिकेट लिग खेल्ने भएका छन्। 

लिगको बिहीबार भएको ड्राफ्टबाट सन्दीपले लिगमा निरन्तरता पाएका हुन् भने सोमपाल पहिलो पटक अनुबन्ध भएका हुन्।

सन्दीपलाई टोरन्टो नेशनल्सलले अनुबन्ध गरेको हो। अघिल्लो सिजनमा सन्दीपले मोन्ट्रोरियल टाइगर्सबाट लिग खेलेका थिए। 

सन्दीपले यस सिजनमा टोरन्टो ६० हजार अमेरिकी डलर पाउने छन्। सन्दीपको टिमको मार्की प्लेयर भारतका युवराज सिंह छन्।

यस्तै पहिलो पटक अनुबन्ध भएका सोमपाललाई विनिपेग हक्सले टोलीसँग अनुबन्ध गरेको छ। सोमपालले ३ हजार अमेरिकी डलर पाउँनेछन्।

सोमपालको टिममा जेपी डुमिनी, ड्वेन ब्राभो र क्रिस लिन जस्ता खेलाडी रहेका छन् । 

यस सिजनको लिग आगामी जुलाई २५ देखि १५ सम्म क्यानाडामा आयोजना हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad