ad ad

खेल


बार्सिलोना पुगे जाभी, क्याम्प नोउमा हजारौँ दर्शकमाझ स्वागत

बार्सिलोना पुगे जाभी, क्याम्प नोउमा हजारौँ दर्शकमाझ स्वागत

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार २०:५६, काठमाडौँ

स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ मुख्य प्रशिक्षकका रुपमा जाभी हर्नान्डेजलाई भव्य स्वागत गरेको छ।

आफ्नो मैदान क्याम्प नोउमा हजारौँ दर्शकको उपस्थितिमा नयाँ मुख्य प्रशिक्षक जाभीलाई बार्सिलोनाले सोमबार सार्वजनिक गरेको हो।

४१ वर्षीय जाभीले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्। कतारको अल सादमा चार वर्ष मुख्य प्रशिक्षकका रुपमा काम गरेका उनीसँगै क्याम्प नोउमा क्लबका अध्यक्ष जोआन लापोर्ता पनि देखिए।

जाभीले खेलाडीका रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेल्दा २५ ठूला उपाधि पनि जितेका थिए।

सन् २०१५ मा बार्सिलोना छाडेका जाभीले क्लबलाई ८ पटक स्पेनिस ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिताए।

जाभीले स्पेनलाई सन् २०१० मा विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले। उनले दुई पटक युरोपियन च्याम्पियनसिप पनि जिताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .