खेल


बंगलादेशमा नेपाली महिला क्रिकेट टिम विजयी

बंगलादेशमा नेपाली महिला क्रिकेट टिम विजयी

नेपालखबर
कात्तिक २०, २०७८ शनिबार १९:१४, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेटको एसिया छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादेशमा जित दर्ता गरेको छ।

शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो। 

विश्वकपको एसिया छनोटको तयारी गर्न राष्ट्रिय क्रिकेट टिम बंगलादेश पुगेको हो। नेपाली टोलीले दिएको ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपी ४८ रनमै समेटियो।

ओपनर फरजाना लिसाले २५ रन जोड्नुबाहेक बीकेएसपीका कुनै ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। 

नेपालकी संगिता राईले ४ विकेट झारिन्। त्यस्तै सरस्वती भण्डारी, कविता कुवँर, सीता राना र रुबिना क्षेत्रीले समान १-१ विकेट झारे।

पहिले ब्याटिङ गरेको नेपालका लागि कबिता जोशीले सर्वाधिक २३ रन बनाइन्। रुबिना क्षेत्रीले १६ रन बनाइ्न। काजल श्रेष्ठको नाममा १२ रन रह्यो। 

बंगलादेशी टिमकी दिशाले ३ र सानुले १ विकेट हात पारिन्।

विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले बंगलादेशमा एक साता अभ्यास गर्नेछ। त्यहाँ नेपालले चार म्याचको सिरिज खेल्नेछ।

बंगलादेशको तयारी सकेर नेपाली टिम युएई जानेछ। छनोट प्रतियोगिता युएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ।

नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा हङकङसँग खेल्नेछ। दोस्रो खेल नोभेम्बर २३ मा भुटानसँग, तेस्रो खेलमा कुवतेविरुद्ध नोभेम्बर २५ मा हुनेछ। 

नेपाली टोलीले मलेसियासँग नोभेम्बर २६ मा र पाँचौ तथा अन्तिम खेलमा २८ तारिकमा यूएईसँग खेल्नेछ। प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने प्रतियोगिताको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad