स्पेनिस क्लब बार्सिलोनाले आफ्ना चर्चित फुटबलर जाभी हर्नान्डेजलाई नयाँ मुख्य प्रशिक्षकमा भित्र्याएको छ।
कतारस्थित अदल साद क्लबको कमान सम्हालिरहेका जाभी हर्नान्डेजलाई भित्र्याएको घोषणा क्लबले गर्न लागेको हो। आफू बार्सिलोना फर्किन आतुर रहेको बताएका जाभीले यसै सिजन मुख्य प्रशिक्षकको कमान सम्हाल्ने भएका छन्
चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले जाभी कतारी क्लब अल सादलाई सिजनको बीचमै छाडेर क्याम नोऊ फर्किने कुरामा सहमति जुटेको छ।
बार्सिलोना जानु आफ्ना लागि घर फर्कनु जस्तै रहेको बताउँदै आएका जाभीलाई यो सिजन खराब लयमा गुज्रिरहेको बार्सिलोनाले केही दिनभित्रै मुख्य प्रशिक्षकका रुपमा स्वागत गर्ने भएको छ।
पछिल्लो समय समस्याग्रस्त बार्सिलोनाले कोयम्यानको स्थानमा सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार खराब प्रदर्शन गरिरहेको छ। ऊ अहिले ला लिगाको नवौं स्थानमा छ।
चार वर्षदेखि कतारको दोहामा रहेका उनले आफू घर फर्किनका लागि बार्सिलोना र कतारी क्लब अल सादबीच कुनै कुनै प्रकारको सहमति हुने आशा गरेका थिए।
यस्तोमा जाभीलाई कतारी क्लब अल सादले सिजनको बीचमा छाड्न तयार भएको हो। यसबारेमा क्लबले औपचारिक वक्तव्य निकाल्दैछ। सिजन निर्णायक मोडमा भए पनि बार्सिलोनाका लागि लागि जाभीलाई छाड्न अल साद तयार भएको हो।
४१ वर्षीय जाभीबारे अल साद र बार्सिलोनाबीच औपचारिक सहमति भएको बताउँदै पत्रकार रोमानोले दुवैले यसको घोषणा गर्न लागेको बताएका छन्।
यसै सिजन खराब लयबाट गुज्रिएपछि रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले पहिलो नम्बरमा जाभीलाई नै नयाँ प्रशिक्षकका रुपमा लैजान चाहेको थियो।
स्पेनिस लेजेन्ड जाभीले बार्सिलोनाका लागि सन् १९९८ देखि २०१५ सम्म ७ सय ७९ खेल खेलेका थिए। त्यस क्रममा उनले बार्सका लागि २५ वटा उपाधि जितेका थिए। उनी अल सादमा पछिल्लो चार वर्षदेखि छन्।
सन् २०१९ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए। उनकै नेतृत्वमा अल सादले गत वर्ष कतारी लिग जितेको थियो। उनको कमानमा यो सिजन टिम ३६ खेलयता अपराजित छ।
Shares

प्रतिक्रिया