खेल


विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली महिला टोली बंगलादेशतर्फ

विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली महिला टोली बंगलादेशतर्फ

फाइल फाेटाे


नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार १८:२७, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बंगलादेशमा एक साता तयारी गर्ने छ। 

बंगलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बंगलादेशमा अभ्यास गर्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छन्।

टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई रहेका छन्। 

यस्तै सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा राखिएको छ। नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका छन्। आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी मङ्सिर ३ देखि १३ गतेसम्म युनाईटेड अरब इमिरेटस् (युएई) मा हुनेछ। उक्त प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्नेछन्। 

नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग, दोस्रो खेल मङ्सिर सात गते भुटानसँग, तेस्रो खेल मङ्सिर नौ गते कुवेतसँग, चौथो खेल मङ्सिर १० गते मलेसियासँग तथा पाँचौँ खेल मङ्सिर १२ गते युएईविरुद्ध खेल्ने तय भएको छ। प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad