खेल


बार्सिलोना फर्किन चाहन्छन् जाभी, तर कतारी क्लब छाड्न तयार छैन

बार्सिलोना फर्किन चाहन्छन् जाभी, तर कतारी क्लब छाड्न तयार छैन

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार १३:३०, काठमाडौँ

कतारस्थित अदल साद क्लबको कमान सम्हालिरहेका जाभी हर्नान्डेजले आफू बार्सिलोना फर्किन आतुर रहेको बताएका छन्। 

उनले बार्सिलोना जानु आफ्ना लागि घर फर्कनु जस्तै रहेको बताउँदै यस्तो इच्छा प्रकट गरेका हुन्।

चार वर्षदेखि कतारको दोहामा रहेका उनले आफू घर फर्किनका लागि बार्सिलोना र कतारी क्लब अल सादबीच कुनै कुनै प्रकारको सहमति हुने आशा गरेका छन्। 

तर जाभीलाई कतारी क्लब अल सादले सिजनको बीचमा छाड्न नसक्ने बताइएको छ।

'सिजन अहिले निर्णायक मोडमा छ, त्यसैले आफ्ना प्रशिक्षकलाई बार्सिलोना जान दिइने छैन', अल सादले भनेको छ। 

तर जाभीबारे अल सादसँग छलफल गर्न अहिले बार्सिलोनाका पदाधिकारी दोहामा छन्। बार्सिलोना अहिले आफ्ना ४१ वर्षीय पूर्व खेलाडीलाई प्रशिक्षकका रूपमा भित्र्याउन तयार छ।

रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले पहिलो नम्बरमा जाभीलाई नै नयाँ प्रशिक्षकका रुपमा लैजान चाहेको छ।

'केही दिनदेखि छलफल भइरहेको छ। सबैलाई म अहिले कुन स्थितिमा छु भन्ने थाहा छ', जाभीले भनेका छन् 'त्यसैले दुवै क्लब कुनै विन्दुमा आपसी सहमतिमा पुगे राम्रो हुनेछ।'

स्पेनिस लेजेन्ड जाभीले बार्सिलोनाका लागि सन् १९९८ देखि २०१५ सम्म ७ सय ७९ खेल खेलेका थिए। त्यसक्रममा उनले बार्सका लागि २५ वटा उपाधि जितेका थिए उनी अल सादमा पछिल्लो चार वर्षदेखि छन् ।

सन् २०१९ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए। उनकै नेतृत्वमा अल सादले गत वर्ष कतारी लिग जितेको थियो। उनको कमानमा यो सिजन टिम ३६ खेलयता अपराजित छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad