खेल


आज बगंलादेश जाँदै महिला राष्ट्रिय क्रिकेट टोली

आज बगंलादेश जाँदै महिला राष्ट्रिय क्रिकेट टोली

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार ११:९, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियाेगिताकाे तयारीमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणका लागि आज बिहीबार बगंलादेश जाँदै छ।

त्यहाँ टोलीले करिब १ हप्ता प्रशिक्षण लिनेछ। यस दौरान ४ वटा अभ्यास खेल खेल्नेछ। 

मंसिर पहिलो साता हुने टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियाेगितामा नेपालले सुरुमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। 

मंसिर ६ गते हङकङसँग खेल्ने नेपाल ७ गते भुटानसँग, ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग भिड्नेछ। 

सन् २०२३ मा दक्षिण अफ्रिकामा सञ्चालन हुने टी–२० विश्वकपका लागि नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्र सहभागी हुनेछन्।

मलेसियामा हुने छनोट खेलमा नेपाललाई उपाधि दाबेदारका रुपमा हेरिएको छ। 

नेपाली महिला टोलीले पछिल्लोपटक सन् २०१९ नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेको थियो।

एसिया छनोटको विजेताले पाँच क्षेत्रबीच हुने ग्लोबल छनोट खेलमा प्रतिस्पर्धा गर्नेछ। यसबाट छानिएका शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो। 

नेपाली महिला टोली
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याेति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad