च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको समूह बीको खेलमा एथ्लेटिको मड्रिडलाई लिभरपुलले २–० ले पराजित गरेको छ।
खेलको पहिलो हाफमा नै लिभरपुलका डिओगो जोटा र साडियो मानेले गोल गर्दै लिभरपुललाई २-० को अग्रता लिएको थियो। खेलमा त्यसपछि कुनै गोल भएन र लिभरपुलले महत्वपूर्ण तीन अंक हात पार्यो।
खेलको ३६ औं मिनेटमा एथ्लेटिकोका फेलिपे मोन्टेइरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो।
यससँगै लिभरपुलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। उसले चार खेलबाट १२ अंक हात पारेको छ।
एथ्लेटिको मड्रिडले भने ४ खेलबाट ४ अंक हासिल गरेको छ। समूहको दोस्रो स्थानमा फुटबल क्लब पोर्टो छ। उसले चार खेलबाट पाँच अंक हात पारेको छ।
30
Shares

प्रतिक्रिया