खेल


टी–२० विश्वकप : अफगानिस्तानलाई हराउँदै भारतले बचायो सेमिफाइनल सम्भावना

टी–२० विश्वकप : अफगानिस्तानलाई हराउँदै भारतले बचायो सेमिफाइनल सम्भावना

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार ५:१६, काठमाडौँ

टी–२० विश्वकप क्रिकेट प्रतियिोगिताअन्तर्गत अफगानिस्तानलाई भारतले ६६ रनले हराउँदै सेमिफिाइनल पुग्ने झिनाे आशा कायमै राखेको छ।

बिहीबार राति भएको महत्त्वपूर्ण खेलमा अफगानिस्तानलाई जितेर सुपर १२ समूह २ मा रहेको भारतले सेमिफाइनल पुग्ने आशा कायम राखेको हो। 

जारी टी–२० विश्वकप क्रिकेटमा यो भारतको पहिलो जित हो। 

यस प्रतियोगितामा भारतले यसअघि पाकिस्तान र न्युजिल्यान्डसँग हारेको थियो। यस्तो अवस्थामा अफगानिस्तानसँग प्रतिस्पर्धामा जितेर भारतले सेमिफाइनल पुग्ने आशा कायम राखेको हो। 

पहिले ब्याटिङ गरेको भारतले २ विकेट गुमाएर २१० रन बनाउँदै अफगानिस्तानलाई २ सय ११ रनको लक्ष्य दिएको थियो।

जवाफमा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो।

सुपर १२ को समूह २ मा रहेको पाकिस्तान यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

अब भारतले स्कटल्यान्ड र नामिबियासँग भिड्नुपर्नेछ। यी खेलमा राम्रो रनरेटका साथ विजय  हासिल गरेर मात्र भारत सेमिफानलमा पुग्न सक्दैन, त्यसका लागि न्युजिल्याण्डले नामिबिया वा अफगानिस्तानसँग हार्नु पनि पर्छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad