खेल


टी–२० विश्वकप : आज भारत र अफगानिस्तान भिड्दै, भारतको सेमिफाइनल पुग्ने सम्भावना कति?

टी–२० विश्वकप : आज भारत र अफगानिस्तान भिड्दै, भारतको सेमिफाइनल पुग्ने सम्भावना कति?

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार ११:३०, काठमाडौँ

ओमान र यूएईमा जारी टी–२० विश्वकपको सुपर १२ को खेलमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ। नेपाली समयअनुसार बेलुका पौने ८ बजे यूएईका आबुधाबीमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। सुपर १२ को ग्रुप २ मा रहेका दुवै टोलीको लागि आजको खेल निकै महत्वपूर्ण छ।

यो ग्रुपबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ। अब बाँकी पाँचमध्ये एउटा टोली सेमिफाइनलमा पुग्नेछ। त्यसैले आफ्नो सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्नका लागि आज हुने खेल अफगानिस्तान र भारत दुवैका लागि महत्वपूर्ण छ। अफगानिस्तानले ग्रुपमा तीनमध्ये दुई खेल जितेको छ।

४ अंकसहित दोस्रो स्थानमा रहेको अफगानिस्तानको नेट रनरेट पनि राम्रो छ। यस्तोमा आजको खेल जित्न सके उसको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहनेछ। आजको खेलमा हारेको अवस्थामा भने अफगानिस्तानको सम्भावना थप कमजाेर बन्छ।

भारतको लागि भने आजको खेलमा जित्नुको विकल्प छैन। आजको खेलमा पराजित भए भारत विश्वकपको समूहचरणबाटै बाहिर हुनेछ।

त्यसो त आजको खेल जितेको अवस्थामा पनि भारतको सेमिफाइनलको यात्रा अन्य टोलीमा निर्भर छ। भारतले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ। अब भारतले सेमिफाइनलमा पुग्न आफ्नो सबै खेल जित्नु त छँदै छ, न्युजिल्याण्डको हारको लागि पनि प्रार्थना गर्नुपर्ने हुन्छ। 

न्युजिल्याण्डले एक खेल हारेर भारतले बलियो नेटरनरेट बनाउन सके मात्र भारत सेमिफाइनलमा पुग्न सक्छ। न्युजिल्याण्डलाई हराउने आशा गर्न सकिने टोली अब अफगानिस्तान मात्रै हो।

न्युजिल्याण्डले पाकिस्तान र भारतसँग खेलिसकेको छ। अब उसले नामिबिया, स्कटल्याण्ड र अफगानिस्तानसँग खेल्न बाँकी छ। बाँकी सबै खेल जिते न्युजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ। 

भारतले सबै खेल जित्ने र अफगानिस्तानले न्युजिल्याण्डलाई हराए पनि अफगानिस्तानको नेटरनरेट भारतको तुलनामा निकै राम्रो छ। यस्तो समीकरण भए पनि नेट रेनरेटको आधारमा अफगानिस्तान सेमिफाइनलमा पुग्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad