खेल


टी–२० विश्वकप : पाकिस्तान पुग्यो सेमिफाइनल

टी–२० विश्वकप : पाकिस्तान पुग्यो सेमिफाइनल

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार ५:५१, काठमाडौँ

पाकिस्तान टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

शेख जायद क्रिकेट स्टेडियममा मंगलबार राति भएको प्रतिस्पर्धामा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो। 

सुपर १२ को २ मा रहेको पाकिस्तान पाँचौंपटक टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो। 

कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले नामिबियालाई १९० रनको लक्ष्य दियो। यसमा नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन मात्र बनायो।​

नामिबियाका डेभिड विसले सर्वाधिक ४३ रनको योगदान गरे भने क्रिग विलियम्सले ४० र स्टेफन बार्डले २९ रन बनाए। 

बलिङतर्फ पाकिस्तानका हशन अली, इमाद असिम, हरिस राउफ र सादाब खानले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो। 

पाकिस्तानका बाबरले ७० रनको अर्धशतकीय पारी खेले। ४९ बल खेलेका उनले ७ चौका हाने। यस्तै ४९ बल खेलेका रिजवानले ८ चौका र ४ छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय पारी खेले। मोहम्द हाफिजले ३२ रन बनाए।

बलिङतर्फ नामिबियाका डेभिड विस र जान फ्रिलिङ्क्सले १–१ विकेट लिए।

सेमिफाइनल प्रवेश गरेको ४ खेलमा ८ अंक बनाएको छ। पाकिस्तान समूहको बी को शीर्ष स्थानमा छ। 

परारजित नामिबियाले ३ खेलबाट २ अंक जोडेको छ। तर उसको सेमिफाइनल पुग्ने सम्भावना बाँकी नै छ। 

सोही समूहमा रहेको अफगानिस्तान ३ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad