इङ्लिस फुटबल क्लब टोटेनहमले नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेलाई अनुबन्धन गरेको छ।
नुनो सान्टेलाई चार महिनामै बर्खास्त गरेको टोटेनहमले लण्डन क्लब चेल्सीका पूर्व प्रशिक्षकलाई क्लबमा अनुबन्धन गरेको हो।
टोटेनहमले कोन्टेसँग औपचारिक थालेर मंगलबार अनुबन्ध पक्का गरेको हो। यसअघि कोन्टेले चेल्सीमा हुँदा प्रिमियर लिगको उपाधि जिताएका थिए।
५२ वर्षीय कोन्टेले गत सिजन इटालियन क्लब इन्टर मिलानलाई ११ वर्षपछि सिरि ए उपाधि जिताएका थिए। त्यसपछि उनले गत मे महिनामा क्लब छाडेका थिए।
युभेन्ट्स र इटालीका पूर्व प्रशिक्षकले अघिल्लो सिजन नै टोटेनहम आउन चाहेका थिए। तर अहिले नुनो सान्टो बर्खास्तीमा परेपछि कोन्टे टोटेनहममा अनुबन्ध भएका हुन्।
45
Shares

प्रतिक्रिया