आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आइतवार भएको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले हराएको छ।
सुपर-१२ को समूह २ अन्तर्गत अबुधावीमा भएको खेलमा १ सय ६१ रनको चुनौतीसहित ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाउन सक्यो।
जारी विश्वकमा अफगानिस्तानले तीन खेल खेल्दै २ मा दुई जित निकालेको छ। अघिल्लो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई हराएको थियो। तर ऊ पाकिस्तानसँग हारेको थियो
नामिबियाका लागि डेभिड वाइजेले सर्वाधिक २६ रन बनाए। नामिबियालाई हराउने क्रममा अफगानिस्तानका हमिद हसन र नविन उल हकले समान ३/३ विकेट झारे।
गुलबदिन नइवले दुई विकेट लिए। राशिद खानको नाममा एक विकेट रह्यो। टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गमाउँदै १ सय ६० रन बनाएको थियो।
अफगानिस्तानका लागि मोहमद सहजादले ४५, हजरातुल्लाह जजाईले ३३, कप्तान मोहमद नावीले ३२ र अस्घर अफगानले ३१ रन बनाए। नामिबियाका रुबेन र जान निकोलले २/२ विकेट झारे।
Shares

प्रतिक्रिया