खेल


खेलकुदमन्त्री गहतराजले गरे मुख्य प्रशिक्षक अल्मुताइरीलाई स्वागत

खेलकुदमन्त्री गहतराजले गरे मुख्य प्रशिक्षक अल्मुताइरीलाई स्वागत

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १७:५६, काठमाडौँ

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई स्वागत गरेका छन्।

शनिबार नेपाल फर्किए लगत्तै आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताइरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन्।

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन अल्मुताइरीले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री गहतराजले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे।

विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुताइरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री गहतराजे भने, ‘नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला।’

स्वागतपछि प्रतिक्रिया दिँदै अल्मुताइरीले नेपाल र नेपालीहरुको मायाले आफू पुनः नेपाल फर्किएको बताए। आजको दिन आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताउँदै अल्मुताइरीले नेपालले आफूलाई धेरै माया दिएको बताए।

शनिबार नेपाल फर्किएका अल्मुताइरीको थप तीन वर्षका नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad