खेल


ए डिभिजन लिग: उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने

ए डिभिजन लिग: उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने

नेपालखबर
कात्तिक १२, २०७८ शुक्रबार १६:४८, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लव र सातदोबाटो युथ क्लव भिड्ने भएका छन्। 

काठमाडौको दशरथ रगंशालामा हुने पहिलो खेल साँझ ५ बजे हुनेछ। सातदोबाटोले भर्खरै बी डिभिजनबाट बढुवा भएर ए डिभिजनमा उक्लिएको हो।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार २ चरणको मात्रै खेल तालिका सार्वजनिक गरेको हो। लिगको पहिलो चरणका खेलहरु दशरथ रगंशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। 

लिगमा पहिलो दिन एक खेल मात्रै हुनेछ भने अनय दिन दुई खेल हुनेछ। पहिलो चरणको दोस्रो खेलमा हिमालयन शेर्पा र संकटा क्लव एन्फा मैदानमा खेल्नेछन्। सोही दिनकाने अर्को खेलमा च्यासल युथ क्लव रर रुस्लान थ्रीस्टार भिड्नेछन्। 

लिगमा मध्यान्ह १२ बजेको खेल एन्फा मैदानमा हुनेछ भने दिउँसो ३ बजेको खेल दशरथ रगंशालामा हुनेछ। 

सिगंल राउण्डमा चल्ने लिग फागुन दोस्रो सातासम्म चल्नेछ। लिगमा कुल १३ चरणमा र ९१ खेल हुनेछ। यो पटक पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन्। गतवर्ष सरस्वती युथ क्लव रेलिगेशनमा परेको थियो। 

लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगको उत्कृष्ट खेलाडीले गोल्डेन बल पाउनेछन्। सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन्।
 

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad