खेल


खेलकूदमन्त्रीसँग भेटेर पारसले के भने ?

खेलकूदमन्त्रीसँग भेटेर पारसले के भने ?

नेपालखबर
कात्तिक १२, २०७८ शुक्रबार १४:३२, काठमाडौँ

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले खेलकूदमन्त्री महेश्वरजंग गहतराज (अथक)सँग भेटवार्ता गरेका छन्। मंगलबार पारस खड्कासहितको टोलीले मन्त्री गहतराजसँग भेटवार्ता गरेको हो। 

मन्त्रीसँगको भेटमा पारसले भेटको क्रममा नेपाली क्रिकेटको विकासको लागि दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यककता रहेको र त्यसको लागि सरकारको तर्फबाट पनि पहल गर्न आग्रह गरेका थिए।

नेपालले पाएको ओडीआई मान्यता कायम राख्न र आगामी विश्वकप खेल्ने लक्ष्य पूरा गर्न सरकारले पनि खेलकूदमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो। त्यसका लागि नेपालभर पूर्वाधार पनि विकास गर्नुपर्ने आवश्यकता रहेको खड्काले बताएका थिए। 

पूर्वकप्तान खड्काको आग्रहमा मन्त्री गहतराजले खेलको विकासको लागि आफू सकारात्मक रहेको र आफ्नो कार्यकालमा खेलकूदको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।

उनले आफ्नो कार्यकालमा रुपान्तरणका लागि गर्नुपर्ने प्रयत्नमा संवेदनशील रहने र नेपाली खेलकूदलाइ नवीन मार्गदर्शन दिने बताएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad