सेर्जी बार्जुआन बार्सिलोनाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन्। मुख्य प्रशिक्षक रोनाल्ड कोमेनलाई बर्खास्त गरेपछि बार्साले बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
बी टिमका प्रशिक्षक रहेका सेर्जीले मुख्य टोलीको प्रशिक्षण समेत सुरु गरिसकेका छन्। बार्जुआनकै नेतृत्वमा बार्सिलोनाले शनिबार घरेलु मैदानमा एलाभेससँग खेल्नेछ।
बार्जुआनले बार्सिलोनामा खेलाडीको रुपमा ३८६ खेलमा ९ उपाधि दिलाएका थिए ।
कोमेनको नेतृत्वमा टोलीले खराब प्रर्दशन गरेपछि बार्सिलोनाले प्रशिक्षक कोमेनलाई बर्खास्त गरेको थियो।
२०२० को अगस्टमा बार्सिलोनाका मुख्य प्रशिक्षक नियुक्त भएका कोमेन १४ महिना पछि नै बर्खास्तीमा परेका थिए।
45
Shares

प्रतिक्रिया