नेपाल एएफसी यू–२३ एसियन कप छनोटको समूहचरणबाटै बाहिरिएको छ। बिहीबार राति घरेलु टोली ताजकिस्तानसँग ६–० ले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४–० ले पराजित भएको थियो।
ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्सोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक/एक गोल गरे।
त्यस्तै बिहीबार भएको अर्को खेलमा इरानले लेबनानलाई २–० गोल अन्तरले पराजित गरेको छ । इरानको लागि यो लगातार दोस्रो जित हो ।
ताजकिस्तानको लागि भने यो लगातार दोस्रो जित हो। यसअघि उसले लेबनानलाई हराएको थियो।
नेपालले समूहचरणको अन्तिम खेल लेबनानसँग आइतबार खेल्नेछ।
नेपाललले अहिलेसम्म एसियन कपको छनोट चरण पार गर्न सकेको छैन।
48
Shares

प्रतिक्रिया