खेल


पाँच पोखरी ट्रेल हाफ म्याराथन कात्तिक २७ गते

पाँच पोखरी ट्रेल हाफ म्याराथन कात्तिक २७ गते

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार १६:४३, काठमाडौँ

पाँच पोखरी ट्रेल हाफ म्याराथन कात्तिक अन्तिम साता हुने भएको छ। 

आयोजक पाँचपोखरी थाङपाल गाउँपालिकाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच पोखरी ट्रेल हाफ म्याराथन कार्तिक २७ गते हुने जानकारी दिएको हो।  

आयोजक प्रदेश खेलकुद विकास परिषद्, पाँचपोखरी थाङपाल गाउँपालिका, खेलकुद विकास समितीको साझेदारी र नेपाल एथलेटिक्स संघको समन्वयमा हाफ म्याराथन हुन लागेको हो। 

प्रतियोगितामा तीन विभागीय टोलीका खेलाडीसहित करिब १ सय ५५ जना सहभागी हुने खेलकुद विकास समितीका अध्यक्ष टासी शेर्पाले जानकारी दिए। 

प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै स्पर्धा हुनेछ। हाफ म्याराथनमा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३०, तेस्रोलाई २०, चौथोलाई १० र पाँचौ हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ। 

यस्तै, सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरुमध्ये प्रथमलाई १५, दोस्रोलाई १० र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ दिइनेछ। 

भेन्ट्रानतर्फ प्रथम हुनेलाई १०, दोस्रोलाई ८ र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए। 

प्रतियोगिता सम्पन्न गर्न २१ लाख ४१ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। यो मध्ये प्रदेश विकास परिषद्ले १० लाख रुपैयाँ व्यहोर्ने छ। 

यसअघि भदौमा प्रतियोगिता आयोजना गर्नै गरिए पनि यो पटक चिसो मौसममा प्रतियोगिता गर्न लागेको खेलकुद विकास समिती अध्यक्ष शेर्पाले बताए। समुद्री सतहबाट ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरी धार्मिक र पर्यटकीय हिसाबले चर्चामा रहेपनि खेलकुद पर्यटनको प्रवर्द्धनका लागि अल्ट्रा हाफ म्याराथन गर्न लागेको आयोजकले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad