खेल


घुँडा टेक्न अस्वीकार गरेकोमा डि ककले मागे माफी

घुँडा टेक्न अस्वीकार गरेकोमा डि ककले मागे माफी

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार १४:११, काठमाडौँ

दक्षिण अफ्रिकाको टोलीमा पूर्व कप्तान क्विन्टन डि ककले घुँडा टेक्न अस्वीकार गर्दै टोलीबाट बाहिरिएकोमा माफी मागेका छन्।

दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले आफ्ना सबै खेलाडीलाई रंगभेदविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन घुँडा टेक्न निर्देशन दिएसँगै डि कक टोलीबाट बाहिरिएका थिए। उनले जारी टी-२० विश्वकपमा वेस्ट इन्डिजविरुद्धको खेल खेलेनन्। 

बिहीबार एक विज्ञप्ति जारी गर्दै डि ककले आफू टोलीबाट बाहिरिएकोमा टोलीका अन्य साथीहरु र समर्थकप्रति माफी मागेका हुन्। उनले आगामी दिनमा यसलाई विवादको विषय नबनाउने बताएका छन्। 

उनले आफू रंगभेदी नरहेको बताउँदै आफूले घुँडा टेक्दा अरु कसैले शिक्षा पाउन सक्छन् भने आफूलाई त्यसो गर्नमा कुनै आपत्ति नरहेको बताएका छन्।

उनले यस विषयमा क्रिकेट बोर्डसँग पनि कुरा भएको र त्यसपछि आफूले यस्तो निर्णय गरेको बताएका छन्। यसअघि नै वार्ता भएको भए यो अवस्था सिर्जना नहुने उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad