एएफसी एशियन कप छनोट अन्तर्गत नेपालको यु–२३ टोलीले आज आयोजक ताजकिस्तानसँग खेल्दैछ।
खेल रिपब्लिक सेन्ट्रल स्टेडियम दुसानेमा राति पौने ८ बजे सुरु हुनेछ।
नेपाल पहिलो जितको खोजीमा मैदान उत्रनेछ। छनोटको पहिलो खेलमा नेपाल इरानसँग ४–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो।
ताजकिस्तान भने लगातार दोस्रो जितको खोजीमा छ। ताजकिस्तानले पहिलो खेलमा लेबनानलाई १–० गोल अन्तरले हराएको थियो।
पहिलो खेलमा जित निकालेको इरान अंक तालिकाको पहिलो र ताजकिस्तान दोस्रो स्थानमा छ। लेबनान तेस्रो स्थानमा रहँदा नेपाल भने चौथो अंकमा छ।
समुह बी मा रहेको नेपालले छनोटको अन्तिम खेलमा ३१ अक्टोबरमा लेबनानसँग खेल्ने तालिका छ।
नेपालले अहिलेसम्म एशियन कपको छनोट चरण पार गर्न सकेको छैन।
81
Shares

प्रतिक्रिया