ओमान र यूएईमा जारी टी–२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा इंगल्याण्डले लगातार दोस्रो जित हात पारेको छ। बुधबार भएको खेलमा इंगल्याण्डले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो।
बुधबार भएको खेलमा बंगलादेशले दिएको १२५ रनको सामान्य लक्ष्य इंगल्याण्डले ३५ बल बाँकी छँदै दुई विकेट गुमाएर पूरा गर्यो। इंगल्याण्डका लागि जेसन रोयले सर्वाधिक ६१ रनको योगदान दिए भने डेविड मालानले अविजित २८ रन प्रहार गरे।
यसअघि बंगलादेशलाई कम रनमा रोक्ने क्रममा टीमन मिल्सले तीन विकेट लिएका थिए भने मोइन अली र लियाम लिभिङस्टोनले समान दुई विकेट लिएका थिए।
यससँगै लगातार दुई खेलमा जित हात पारेको इंगल्याण्ड ४ अंकसहित समूह १ को शीर्षस्थानमा छ। लगातार दुवै खेलमा पराजयको सामना गरेको बंगलादेश भने अंकविहीन हुँदै समूहको पाँचौं स्थानमा छ।
Shares

प्रतिक्रिया