टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा नामिबियाले पहिलोपटक जित हासिल गरेको छ।
आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा डेब्यु खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो।
पहिलो चरणमा आयरल्यान्ड र नेदरल्यान्ड्सलाई जित्दै सुपर–१२ मा प्रवेश गर्न सफल नामिबियाले यसको पहिलो खेलमा स्कटल्यान्डलाई हराएको हो।
स्कटल्यान्डले दिएको १०९ रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ११५ रन बनायो।
नामिबियाका जेजे स्मिथले ३२, कार्गिल विलियम्सले २३ र भान लेन्गेले १८ रन बनाए।
बलिङतर्फ स्कटल्यान्डका मिचेल लेक्सले २ तथा बार्ड वेल, साफयन सारिफ, क्रिस ग्रेभास र मार्क वाटले १÷१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २ं० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको थियो।
स्कटल्यान्डका मिहेल लेकाले ४४, माथे क्रोसले १९ र क्रिस ग्राभेसले २५ रनको योगदान गरे।
सुपर–१२ मा पहिलो जितसँगै नामिबियाको अंक २ भएको छ। नामिबियासँग पराजित स्कटल्यान्डको भने यो लगातार दोस्रो हार हो।
Shares

प्रतिक्रिया