नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ।
क्यानले बुधबार आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेका हुन् ।
युएईमा हुने एसियाली छनोट आगामी नोभेम्बरमा हुँदैछ । छनोटमा नेपालसहित ६ टिम सहभागी छन्। नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले छनोट प्रतियोगिता खेल्नेछन्।
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई।
वैकल्पिक खेलाडी : सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन्।

Shares

प्रतिक्रिया