खेल


टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित, पुग्यो सेमिफाइनलनजिक

टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित, पुग्यो सेमिफाइनलनजिक

नेपालखबर
कात्तिक १०, २०७८ बुधबार ५:१८, काठमाडौँ

टी २० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रोपटक जितेको छ। योसँगै ऊ  टी २० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ। 

पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तानले मंगलबार राति भएको दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो।

समूह दुईमा लगातार दोस्रो जित हासिल गरेसँगै पाकिस्तान ४ अंकका साथ शीर्ष स्थानमा उक्लेको हो। राम्रो रनरेटमा जित हासिल गरेका अफगानिस्तान २ अंकका साथ दोस्रो स्थानमा छ।

अब पाकिस्तानले अफगानिस्तान र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

पाकिस्तानबाहेक अन्य सबै टोलीले १÷१ खेल मात्र खेलेका छन्। जितविहीन न्युजिल्यान्ड, भारत र स्कटल्यान्ड समान १ हारका साथ क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

मंगलबार रातिको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो। जवाफमा पाकिस्तानले ८ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

न्युजिल्यान्डका लागि ड्यारी मिचेल र डभोन कनवेले समान २७ रन बनाए। त्यस्तै कप्तान केन विलियमसनले २५ तथा मार्टिन गुप्टिलले १७ रन बनाए भने ग्लेन फिलपले १३ रनको योगदान दिए।

पाकिस्तानका हरिस रौफले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २२ रन दिएर ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच भए। त्यस्तै मोहम्मद हाफिज, सहिन शाह अफ्रिदी र इमाद वासिमले १/१ विकेट लिए।

जवाफमा पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रन बनाउँदा जोड्दा सोएब मलिक र असिफ अलीले छैटौं विकेटका लागि २३ बलमा ४८ रनको साझेदारी निर्णायक बन्यो।

मलिकले २० बलमा २७ रनको अविजित इनिङ खेले भने असिफले १२ बलमा ३ छक्काको सहयोगमा २७ रनमै अविजित रहे।

यसअघि पाकिस्तानका ओपनर बाबर अजाम ९ रन तथा फकर जमान, मोहम्मद साफिज र इमाद वासिमले समान ११/११ रन बनाएका थिए।

न्युजिल्यान्डका इसा सोदिले २ तथा ट्रेन्ट बोल्ट, मिचेल सान्टनर, टिम साउदी, ट्रेन्ट बोल्टले १/१ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad