खेल


टी–२० विश्वकप : अफगानिस्तानले स्कटल्यान्डलाई हरायो

टी–२० विश्वकप : अफगानिस्तानले स्कटल्यान्डलाई हरायो

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार ५:४३, काठमाडौँ

टी–२० विश्वकप क्रिकेट सुपर १२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई हरएको छ। 

शारजाह क्रिकेट स्टेडियममा साेमबार भएकाे प्रतिस्पर्धामा स्कटल्यान्डलाई १३० रनले हराउँदै अफगानिस्तानले शानदार जित हासिल गरेकाे हो।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० दशमलव २ ओभरमा अल आउट हुँदै ६० रनमा समेटियो।

अफगानिस्तानका लागि नजिबुल्लाह जर्दानले सर्वाधिक ५९ रन बनाए भने  रहमानुल्लाह गुर्बाजले ४६, हज्रातुल्लाह जजईले ४४, मोहम्मद सहजादले २२ र कप्तान मोहम्मद नाबीले ११ रन जोडे।

बलिङतर्फ स्कटल्यान्डका सफ्यान शरिफले २ तथा जोस डेभी र मार्क वाटले १/१ विकेट लिए।

यस्तै स्कटल्यान्डका जर्ज मुन्सेले २५, क्रिस ग्रिभ्सले १२ र कायल कोचरले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। 

स्कटल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भएका थिए। ​

स्कटल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका मुजिब उर रहमानले सर्वाधिक ५ विकेट लिएका थिए भने रासिद खानले ४ र नवीन उल हकले १ विकेट लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad