आइसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर-१२ को खेलमा भारतले पाकिस्तानलाई १ सय ५२ रनको चुनौती दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङ गरेको थियो।
उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रनको मध्यम योगफल तयार पारेको हो।
भारतीय कप्तान विराट कोहली ५७ रनमा क्याच आउट भए। रिसभ पन्त ३९, रवीन्द्र जडेजा १३ र हार्दिक पाण्डेयले ११ रन थपे।
भारतका ओपनर केएल राहुल केवल ३ रनमै पवेलियन फर्के। अर्का ओपनर रोहित शर्मा गोल्डेन डक आउट भएका थिए।
भुवनेश्वर कुमार ५ र मोहम्मद सामी शून्य रनमा नटआउट रहे। सुरुमै दबाबमा परेको भारतले अन्तिममा राम्रो स्कोर गरेर रन उकास्यो।
भारतले अन्तिम ५ ओभरमा ५१ रन बनाउन सफल भएपछि पाकिस्तानले मध्य चुनौती पाएको हो।
बलिङमा पाकिस्तानका सहिन शा अफ्रिदीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३१ रन खर्चिए।
त्यसैगरी हसन अलीले २ तथा सादब खान र हरिस रौफले एक एक विकेट लिन सफल भए।
Shares

प्रतिक्रिया