खेल


१२ वर्षीया बालिका, जसले डिजाइन गरिन् स्कटल्याण्डको जर्सी

१२ वर्षीया बालिका, जसले डिजाइन गरिन् स्कटल्याण्डको जर्सी

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १७:५२, काठमाडौँ

अहिले आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले पहिलो चरणका खेल चलिरहेका छन्। आठ मुलुकबीच चलिरहेको पहिलो चरणबाट चार मुलुक दोस्रो चरणमा प्रवेश गर्नेछन्।

पहिलो चरणको समूह बीमा रहेको स्कटल्याण्डले बंगलादेश र पीएनजीलाई हराउँदै दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाइसकेको छ।

माथिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको स्कटल्याण्डको यसपटकको विश्वकपको जर्सी डिजाइन भने १२ वर्षीया बलिका रेबेका डाउनीले गरेकी हुन्। 

स्कटल्याण्डले मुलुकभरका स्कुले बालबालिकाले बनाएको दुई सयभन्दा धेरै डिजाइनमध्ये एउटा डिजाइन छानेको थियो। जसमा रेबेका डाउनी विजयी भएकी हुन्।

उनले गाढा निलो र बैजनी रङको डिजाइन बनाएकी थिइन्। उनको डिजाइन  स्कटल्याण्डको राष्ट्रिय प्रतीकको रङमा आधारित थियो।  

मंगलबार क्रिकेट स्कटल्याण्डले सामाजिक सञ्जाल ट्वीटरमा रेबेका डाउनीको तस्वीर शेयर गर्दै डिजाइनको लागि धन्यवाद दिएको छ। स्कटल्याण्डको टोलीका कप्तान किले कोएटजरले आफ्नो टोलीलाई यो डिजाइप्रति गर्व रहेको प्रतिक्रिया दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad