च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको समूह ईको खेलमा बार्यन म्युनिखले बेन्फिकामाथि ४–० को फराकिलो जित हात पारेको छ।
खेलको ७० औं मिनेटसम्म ०–० रहेको अवस्थामा अन्तिम २० मिनेटमा बार्यन म्युनिखले चार गोल थपेको हो। बार्यन म्युनिखलाई जित दिलाउन लेरोय सानेले दुई गोल गरे भने रोबर्ट लेवान्डोवस्कीले एक गोल गरे। खेलमा एउटा आत्मघाती गोल भएको थियो।
बार्यन म्युनिखले अहिलेसम्म खेलेको तीनओटै खेलमा जित हात पार्दै नौ अंकका साथ समूहको शीर्षस्थानमा कायम छ।
त्यस्तै समूहको अर्को खेलमा बार्सिलोनाले पहिलो जित हात पारेको छ। बार्सिलोनाले डायनामो किभलाई १–० गोल अन्तरले हराएको हो।
यससँगै बार्सिलोनाले तीन खेलबाट ३ अंक पाएको छ। बार्सिलाेना समूहको तेस्रो स्थानमा छ ।
15
Shares

प्रतिक्रिया