खेल


राखेप सदस्यसचिव सिलवाल बर्खास्त

राखेप सदस्यसचिव सिलवाल बर्खास्त

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १९:४६, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सिलवाललाई कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। 

सिलवालको काम चित्त बुझ्दो नभएको र स्पष्टीकरण सोधिएको एक मन्त्रीले बताए। स्पष्टीकरणमा चित्त नबुझेपछि सिलवाललाई हटाउने निर्णय लिइएको उनको भनाई छ। 

‘खेल क्षेत्रका लागि उहाँले गर्नुभएको प्रतिबद्धता अनुसार काम गर्न सक्नुभएन। हामीले उहाँलाई स्पष्टीकरणको मौका दिएका हौं,’  ती मन्त्रीले भने, ​‘मन्त्रिपरिषदमा उहाँको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि हटाइएको हो।’

तत्कालिन प्रधानमन्त्री ओलीका विश्वासपात्र सिलवाल २०७६ असारमा पहिलोपल्ट राखेप सदस्यसचिव नियुक्त थिए। तर राष्ट्रिय खेलकुद ऐन २०७७ लागु भएपछि एक वर्षमै उनी पदमुक्त भए। 

लगत्तै नयाँ ऐन अनुसार भएको पदपूर्तिमा पुन: सिलवाललाई ओली नेतृत्वको सरकारले २०७७ साउनमा दोस्रोपल्ट सदस्यसचिवमा नियुक्त गरेको थियो।

ती मन्त्रीले ऐन अनुसार नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढाइने जानकारी दिए। 

सिलवाल सदस्यसचिव हुँदा उनले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सफल आयोजना गरेका थिए। सागमा नेपालले ५१ स्वर्णपदक जितेको थियो। जुन हालसम्मकै सागमा नेपालले जितेको सर्वाधिक पदक समेत हो। 

यो पनि: जसले साग सम्भव बनाए

यो पनि- साग समिक्षा: उत्कृष्ट नतिजा, औसत व्यवस्थापन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad