ad ad

खेल


भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ, जमानतमा रिहा

भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ, जमानतमा रिहा

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १२:०, काठमाडौँ

भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई भारतको हरियाणा प्रहरीले पक्राउ गरेर जमानतमा रिहा गरेको छ।

स्पिनर यजुवेन्द्र चहलको विषयमा जातीगत टिप्पणीबारे सोधपुछको लागि सिंहलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

समाचारमा उल्लेख गरिएअनुसार आइतबार सिंहलाई पक्राउ गरेपछि तीन घण्टाभन्दा लामो समय सोधपुछ गरिएको थियो। सोधपुछ सकिएपछि उनलाई अदालतको आदेशअनुसार जमानतमा रिहा गरिएको हो। 

गत फेब्रुअरीमा युवराज सिंहमाथि इन्स्टाग्राममा चाहलको विषयमा भएको बहसमा दलित समुदायमाथि अपमानपूर्ण टीप्पणी गरेको भन्दै उजुरी दर्ता भएको थियो।

सन् २०२० को जुनमा भारतीय टोलीका ओपनर रोहित शर्मासँग सिंहले इन्स्टाग्रामको लाइभ सेसनमा ‘जातीगत टिप्पणी’ गरेको आरोप छ।  

त्यसलगत्तै युवराज सिंहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो टिप्पणीले कुनै विशेष समुदायका मानिसको भावनामा चोट पुगेको भन्दै क्षमायाचना गरेका थिए।

उनले भनेका छन्, ‘म मेरा साथीहरुसँग कुरा गरिरहँदा मेरो केही गलत बुझाइ थियो भन्ने मलाई थाहा छ, जुन अनावश्यक थियो। यद्यपि एक जिम्मेवार भारतीय नागरिक भएकाले मेरो टिप्पणीले कसैको भावनामा ठेस पुगेको भए म त्यसका लागि क्षमाप्रार्थी छु।’ 

युवराज सिंहले यजुवेन्द्र चहलले टिकटक भिडियोको विषयमा कुरा गर्दै गर्दा उक्त टिप्पणी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .