ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिफा विश्वकप फुटबल प्रतियोगितापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट बिदा लिने संकेत गरेका छन्।
डीएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एन्ड द लाइन अफ किङग्स’ मा २९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएका हुन्।
नेयमारले भनेका छन्, ‘मलाई लाग्छ यो (२०२२) विश्वकप मेरा लागि अन्तिम हुनेछ।’
त्यसपछि आफू फुटबलका लागि मानसिक रूपमा सक्षम हुने वा नहुने निश्चित नभएको उनले बताएका छन्।
144
Shares

प्रतिक्रिया