खेल


साफ च्यापियनसिप : शीर्ष स्थानमा रहेको नेपाल आज भारतसँग भिड्दै

साफ च्यापियनसिप : शीर्ष स्थानमा रहेको नेपाल आज भारतसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०७८ आइतबार ६:४, काठमाडौँ

मालदिभ्समा जारी साफ च्याम्पियन्सिपमा सुरुदेखि लगातार दुई खेल जितेको नेपाल आज (आइतबार) भारतसँग भिड्दै छ। 

खेल नेपाली समयानुसार राति ९:४५ मा सुरु हुनेछ। नेपाल–भारतबीचको प्रतिस्पर्धा एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ। 

यसअघि नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो भने र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले जितेको थियो। 

अहिलेसम्म नेपाल २ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। 

यसपछि ३ खेलमा ४ अंक ल्याएको बंगलादेश दोस्रो स्थानमा छ। त्यस्तै माल्दिभ्स २ खेलमा ३ अंक प्राप्त गरी तेस्रो स्थानमा छ भने २ खेलमा २ अंक जोडेको भारत चाैथाे स्थानमा छ। यस्तै श्रीलंकाले ३ खेलमा एक अंक पाएको छ। 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङ दुवैले नेपालले आजको खेल पनि जित्ने दाबी गरेका छन्। 

–​सपना देखेपछि नै पूरा हुने हो, भारतलाई हराउन तयार छौँ : किरण चेमजोङ

​–​​​नेपालका मुख्य प्रशिक्षक भन्छन् : भारत दक्षिण एसियाको बलियो टिम हो, तर हामी हार्ने छैनौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad