नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पाएका छन्।
क्यानको बुधबार बसेको केन्द्रिय कार्यसमितीको बैठकले सचिवको जिम्मेवारी मल्ललाई सुम्पेको हो। क्यान सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले गत साता पदबाट राजिनामा घोषाणा गरेका थिए। यस्तै बैठकले क्यानको वाार्षिक साधारण सभाा मंसिर २९ गते गर्ने निर्णय गरेको हो।
क्यानको आफ्नो जिल्ला संघ विस्तार गर्ने क्रममा कर्णाली प्रदेशका कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता प्रदान गरेको छ।
नेपाली टोलीको रिक्त रहेको मुखय प्रशिक्षक पदपुर्तिका लागि १५ दिनको समयसिमा राखि आवेदन माग गर्नेछ। आईसीसी लिग २ अन्तर्गत ओमान भ्रमण पछि तत्कालिन प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजिनामा दिएका थिए।
यस्तै क्यानले आयोजना गर्ने नेपाल टि२० लिगका लागि भारतिय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेपनि सम्झौता अनुरुपको कार्यहरु सम्पन्न गर्न नसकेको हुँदा सम्झौता रद्द प्रक्रिया अघि बढाउने भएको छ।
सन् २०२१ को नोभेम्बरमा संयुक्त अरब इमिरेन्ट् (युएई) मा हुने आइसीसी महिला टि २० विश्वकप एशियाली छनोटका लागि महिला टोलीको बन्द प्रशिक्षण कात्तिक ३ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको क्यानले जनाएको छ।

Shares

प्रतिक्रिया