फोर्ब्सको ४०० धनाढ्य सूचीमा पर्नु आफैँमा चर्चाको विषय हो। तर अमेरिकामा भने दिनप्रतिदिन यसमा पर्नु अर्बपतिहरुलाई झन् झन् कठिन हुँदै गएको छ।
यसपटक ५१ अर्बपतिले फोर्ब्सको ४०० धनाढ्यको वरीयता गुमाएका छन्। यहीबीच ३१ अर्बपति भने सन् २०२० मा भन्दा धनी पनि भएका छन्।
यसमा सुर्तीजन्य क्षेत्रका अर्बपति ब्राड केले र कोलम्बिया स्पोर्ट्सवेयर सीईओ टिमोथी बोयल छन्। यी दुवैको समपत्ति बढेको छ। तर ब्रायन आर्म्स्ट्रङ, जर्ज कुर्ट्जजस्ता नयाँ अर्बपतिले उनीहरुलाई धकेलिदिएका छन्।
यसमध्ये सात अर्बपतिको सम्पत्ति गत वर्षसरह छ। १३ जनाको चाहिँ घटेको छ।
२५ वर्षको अवधिमा पहिलोपटक अमेरिकी पूर्वराष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्प यो वरीयतामा अटाएनन्। उनीसँग अहिले साढे दुई अर्ब अमेरिकी डलर सम्पत्ति छ।
यसरी उक्त वरीयता गुमाउनेमा ओप्रा विन्फ्रे पनि छिन्। मिडिया र मनोरञ्जन क्षेत्रकी उनीसँग दुई अर्ब ६० करोड अमेरिकी डलर छ।
उनी सन् १९९५ मा पहिलोपटक फोर्ब्सको ४०० धनाढ्यमा प्रवेश गरेकी थिइन्।
सन् १९८७ मा पहिलोपटक यो वरीयताभित्र अटाएका रोनाल्ड पेरेल्म्यानको सम्पत्ति २ अर्ब ८० करोड डलर छ।
यसबाहेक जोन पल डिजोरिया, डोरिस फिसर, ट्रेभर मिल्टन, जेराल्ड फोर्ड, गोर्डन गेटी, एलेक गोरेस, ब्रुस कार्स, होवार्ड मार्क्स, विलियम स्टोनलगायत रहेको फोर्ब्सले जनाएको छ।
Shares

प्रतिक्रिया