एभरेष्ट प्रिमियर लिग (इपीएल) को पहिलो क्वालिफायर खेलमा आज (बुधबार) पोखरा राइनोज र चितवन राइनोज भिड्दैछन्।
किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिले ब्याटिङ गर्ने भएको छ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको चितवन र दोस्रो स्थानमा रहेर पोखराले क्वालिफायर खेल्न लागेका हुन्। आजको खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ।
पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ। पराजित टोलीलले आजै हुने एलिमिनेटर खेलको विजेतासँग पुनः खेल्नेछ।
आजको खेलमा चितवनले ३ खेलाडी परिवर्तन गरेको छ। यता पोखराले भने १ खेलाडी परिवर्तन गरेको छ।
आजै हुने एलिमिनेटर खेलमा तेस्रो स्थानमा रहेको भैरहवा ग्लाडियर्टस र चौथो स्थानमा रहेको काठमाडौँ किग्ंस इलाभेनबीच प्रतिस्पर्धा हुने। सो खेलको विजेताले फाइनलमा स्थान बनाउनका लािग आजको पहिलो खेलमा पराजित टोलीसँग खेल्नेछ।
Shares

प्रतिक्रिया