खेल


आईपीएलः मुम्बईले राजस्थानलाई ८ विकेटले हरायो, प्लेअफ प्रवेशको सम्भावना कायम

आईपीएलः मुम्बईले राजस्थानलाई ८ विकेटले हरायो, प्लेअफ प्रवेशको सम्भावना कायम

नेपालखबर
असोज २०, २०७८ बुधबार ७:१४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको प्रतिस्पर्धामा साविक विजेता मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ।

यो जितसँगै मुम्बई पनि प्लेअफ प्रवेशको सम्भावना बढेको छ। यसअघि दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर प्लेअफमा पुगिसकेका छन्।

राजस्थानलाई हराएपछि मुम्बईको अंक कोलकाता नाइट राइडर्ससँग समान १२ भएको छ।

लिगको अन्तिम प्रतिस्पर्धा  मुम्बईले सनराइजर्स हैदराबाद र कोलकाताले राजस्थानसँग गर्नु बाँकी छ। यी खेलका नतिजाले प्लेअफमा पुग्ने अर्को टोलीको भविष्य निर्धारण गर्नेछ।

मंगलबार रातिको खेलमा मुम्बईले राजस्थानलाई ९०–९ को स्कोरमा रोकेर ८ ओभरमै विजय हासिल गरेको हो। टस हारेको राजस्थान मुम्बईका बलर हाबी हुँदा ब्याटिङमा निरीह बनेको थियो। मुम्बईका नाथान कल्टर नाइलले ४, नेम्स निसमले ३ र जसप्रित बुम्राहले २ विकेट लिएका थिए।

जवाफमा ओपनर इशान किसानले २५ बलमा ५० रनको अविजित पारी खेलेपछि मुम्बईले २ विकेट गुमाएर ८.२ ओभरमै खेल समाप्त पारेको हो।

यो विजयसँगै मुम्बईकाे नेट रनरेट माथि आएको छ। तर रनरेटमा कोलकाताभन्दा पछाडि नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad