माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ।
खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ।
यसअघि पहिलो खेलमा नेपालले आयोजक एवं साविक विजेता माल्दिभ्सलाई १–० ले हराएको थियो।
आजको दोस्रो खेलमा पनि नेपाली टोली आफ्नो विजय यात्रा जारी राख्ने योजनाका साथ मैदान उत्रिनेछ।
साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात, हार्याे आयोजक माल्दिभ्स
63
Shares

प्रतिक्रिया