म्यानमारबाट बंगलादेश पुगेका रोहिंग्या शरणार्थी नेताको शिविरमै हत्या भएको छ।
कुटुङपालोङ शिविरभित्र गोप्यरूपमा प्रवेश गरी केही बन्दुकधारीकोले ४८ वर्षीय मोहिब उल्लाहमाथि गोली प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। एक प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीहरु पाँच जनाको समूहमा थिए।
शिविरभित्र रहेको आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौँ रोहिंग्या मुस्लिमहरूले छिमेकी बङ्गलादेशमा शरण लिएका थिए । बङ्गलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन्।
उल्लाह रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्थाका संस्थापकसमेत हुन्।
उल्लाहको हत्याको पछाडि कस्को हात छ भन्ने खुलेको छैन। उनको हत्याप्रति शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ। एजेन्सी
Shares

प्रतिक्रिया