खेल


ईपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौं र चितवन भिड्दै

ईपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौं र चितवन भिड्दै

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७८ बिहिबार ५:१४, काठमाडौँ

एभरेस्ट प्रिमियर लिग (ईपीएल)  टी-२० क्रिकेटअन्तर्गत आज बिहीबार दुई खेल हुँदै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडाैँ किंग्स इलाभेन र चितवन टाइगर्स भिड्नेछन्। खेल बिहान साढे ९ बजे सुरु हुनेछ। 

काठमाडौँ सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ भने चितवनको कमानी सोमपाल कामीले गर्नेछन्। 

काठमाडौँ र चितवन दुवै टोली दोस्रो जित हासिल गर्ने दाउमा छन्। 

काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएकाे थियो।

उता चितवनले विराटनगर वारियर्सविरुद्ध २ विकेटको जित हासिल गरेकाे थियो। 

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स भिड्नेछन्। 

खेल सोही मैदानमा दिउँसो साढे १ बजे हुनेछ।

भैरहवा दोस्रो जितको खोजीमा हुँदा ललितपुर पहिलो जितका लागि मैदान उत्रिँदै छ। 

भैरहवाको कप्तानी शरद भेषवाकरले गर्नेछन्।

बुधबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले हराएको भैरहवाले पहिलो खेलमा पोखरा राइनोजसँग अंक बाँडेको थियो। 

दुई खेलमा अंकविहीन ललितपुर पहिलो जितका लागि खेल्दै छ।

पहिलो खेलमा काडमाडौँसँग हारेको ललितपुर दोस्रो खेलमा पनि पोखरा राइनोजसँग ९ विकटको हार भोगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad