राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत आज भएको खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको छ।
विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमै भेट्टाएको हो। विराटनगरका बलरले भैरहवाको ४ विकेट मात्रै झारे। विराटनगरका करण केसीले १, रामनरेश गिरीले २ र बसन्त रेग्मीले १ विकेट लिए।
भैरहवाको जितमा प्रदीप ऐरीले २३ बलमा २२ रन, तमिम इकवालले १३ बलमा १२ रन, डब्लुयू थारंगाले ३५ बलमा ३४ रन, रोहित पौडेलले १० बलमा १२ रन र शरद भेषावकरले ८ बलमा ६ रनको योगदान गरे।
विराटनगर वारियर्सले जितका लागि भैरहवा ग्लाडियटर्सलाई ९० रनको लक्ष्य दिएको थियो।
कीर्तिपरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले कसिलो बलिङ गरेपछि १७.४ ओभरमा विराटनगरले सबै विकेट गुमाउँदै ८९ रनमात्र बनाएको थियो।
विराटनगरका आसिफ शेखले १८ बलमा ११ रन, दिल्सान मुनावीराले २० बलमा २५ रन, अनिल शाहले १२ बलमा ११ रन, सिकन्दर राजाले ११ बलमा ५ रन, सुमित महर्जनले १६ बलमा १३ रन, सौरभ खनालले ५ बलमा ३ रन, बसन्त रेग्मीले ११ बलमा १० रन, रामनरेश गिरीले ८ बलमा १ रन बनाए। वसन्त नटआउट रहे। प्रतिस जीसीले १ बल खेले पनि रन बनाउन सकेनन् भने चन्द्रपल हेमराजले ४ बलमा रन बनाउनसकेनन्।
बलिङतर्फ भैरहवाका धामिका प्रसादले ३ ओभर बलिङ गर्दै ६ रन दिएर १ मेडनसहित ३ विकेट झारे। त्यस्तै दुर्गेश गुप्ताले ४ ओभर बलिङ गरी १ विकेट, अविनाश बोहराले २ विकेट, आरिफ शेखले ३ ओभर बलिङ गर्दै ३ विकेट र कृष्ण कार्कीले १ विकेट झारे।
Shares

प्रतिक्रिया