विराटनगर वारियर्सले राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगमा जितका लागि भैरहवा ग्लाडियटर्सलाई ९० रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी २० ओभरको खेलमा भैरहवाले ९० रनको चुनौती पाएको हो।
१७.४ ओभरमा विराटनगरले सबै विकेट गुमाउँदै ८९ रनमात्र बनायो।
विराटनगर आसिफ शेखले १८ बलमा ११ रन, दिल्सान मुनावीराले २० बलमा २५ रन, अनिल शाहले १२ बलमा ११ रन, सिकन्दर राजाले ११ बलमा ५ रन, सुमित महर्जनले १६ बलमा १३ रन, सौरभ खनालले ५ बलमा ३ रन, बसन्त रेग्मीले ११ बलमा १० रन, रामनरेश गिरीले ८ बलमा १ रन बनाए। वसन्त नटआउट रहे।
प्रतिस जीसीले १ बल खेले पनि रन बनाउन सकेनन् भने चन्द्रपल हेमराजले ४ बलमा रन बनाउनसकेनन्।
बलिङतर्फ भैरहवाका धामिका प्रसादले ३ ओभर बलिङ गर्दै ६ रन दिएर १ मेडनसहित ३ विकेट झारे। त्यस्तै दुर्गेश गुप्ताले ४ ओभर बलिङ गरी १ विकेट, अविनाश बोहराले २ विकेट, आरिफ शेखले ३ ओभर बलिङ गर्दै ३ विकेट र कृष्ण कार्कीले १ विकेट झारे।
भैरहवाले ब्याटिङ सुरु गरिसकेको छ।
Shares

प्रतिक्रिया