एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा बुधबारका लागि तय पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीचको पहिलो खेल ७ ओभरमा छोट्याइएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ललितपुरले ब्याटिङ गरिरहेको छ।
आउट फिलड भिजेका कारण खेल निर्धारित समयभन्दा २ घण्टा ढिला सुरु हुन लागेको हो। दुबै टोलीका कप्तान, प्रशिक्षक र अम्पायरबीच छलफल भएपछि खेल ७ ओभरमा खेल्ने निर्णय भएको हो।
आजै हुने दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स भिड्नेछन्।
आइतबारदेखिको पानी र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले नयाँ खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार स्थगित खेल बिहिबार र शुक्रबार हुनेछ।
आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण रद्द भएको थियो। खेल रद्ध भएपछि दुवै टोलीले अंक बाडेका थिए।
Shares

प्रतिक्रिया